Close sidebar

आत्मदाह गरेका प्रेमप्रसादको सम्झनामा नेपालगन्जमा शोकसभा

२०७९ माघ १३ गते, शुक्रबार ००:४४

अर्थतन्त्र उकास्न सरकार तथा राष्ट्र बैंक गम्भीर बन्न उद्योगी, व्यवसायीले अकालमा ज्यान गुमाइरहेको व्यवसायीको आरोप । स्वदेशमै रहेर व्यावसाय गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र अमानवीय कदम चाल्न बाध्य ।


नेपालगन्ज / संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीवार धम्बोझी चोकमा शोकसभा गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी मुख्य सडकमा आयोजित शोकसभामा उपस्थित उद्योगी, व्यवसायीले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

शोक सभामा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारका अव्यवहारिक र अनुचित नीतिका कारण उद्योग व्यवसाय धराशायी बनेको उल्लेख गरे । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउँदा स्वदेशमै रहेर व्यावसाय गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र अमानवीय कदम चाल्न बाध्य भएको उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले व्यवसायीहरु घर न घाटको अवस्थामा आइपुग्नु परेको बताए । शोकसभामा बोल्ने अधिकांश वक्ताहरूले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार तथा राष्ट्र बैंक गम्भीर बन्न उद्योगी, व्यवसायीले अकालमा ज्यान गुमाइरहेको व्यवसायीको आरोप छ ।

ईलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा बुधबार विहान निधन भएको थियो । उनको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघको आह्वानमा बिहीवार उद्योग, व्यवसाय बन्द गरी शोक सभा गरिएको अध्यक्ष मन्सुरीले बताए ।

यसैबीच, आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको छ । आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया