Close sidebar

आज गायक टंक तिमिल्सिना सहितका कलाकार आउदै

२०७९ माघ १२ गते, बिहीबार ०९:२७

नेपालगन्ज / बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकार आउदै छन ।

नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन राष्ट्रिय ख्याती प्राप्त एवं चर्चित कलाकार गायक टंक तिमिल्सिना, गायिका एवं उद्घोषिका शोभा त्रिपाठी र गायिका श्रीदेवी चौधरी आउने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

आज सरस्वती पूजा पनि हो । बिद्यार्थीहरुको लागि महोत्वपूर्ण दिनका रुपमा मनाईने सरस्वती पूजाका दिन महोत्सवमा विद्यार्थीहरुले अध्याधिक प्रवेश एवं अवलोकन गर्ने अपेक्षा गरिएको छ । आयोजकले विद्यार्थीहरुका लागि विषेश छुटको व्यवस्था समेत गरेको छ । विद्यार्थीका लागि ५० रुपैँया प्रति टिकट दर तोकिएको छ । विद्यार्थी लगायत आम दर्शकले महोत्सव अवधिमा नृत्य प्रतियोगिता, चर्चित कलाकारहरु संग मनोरञ्जन गर्ने मौका र स्टल अवलोकन गरेर व्यापार प्रर्वद्धनमा टेवा पुर्याउनुहुने आयोजकले बिश्वास लिएको छ ।

दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय डान्स प्रतियोगिता हुदैँछ । आज कार्यक्रमलाई प्रेरणा गिरीले उद्धघोषण गर्नेछन ।

यस अघि महोत्सवको दोस्रो दिन चर्चित कलाकार गायक चन्द्र शर्मा र गायिका बिन्दु परियारले सुमधुर आवाजमा दर्शक समक्ष आर्कषक प्रस्तुति गरेका थिए । त्यसबेला दर्शकले मनोरञ्जन गर्दै कलाकारको आवाजमा रमाईरहेको दृश्य हेर्नसकिन्थ्यो । उनीहरुले आफ्ना चर्चित गीत बाच्छीले धान खायो, पहिलो नम्बरमा, घरबारमा लगायतका प्रस्तुत गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया