
नेपालगन्ज / बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा भोलि बिहीबार राष्ट्रिय ख्याती प्राप्त कलाकार गायिका एवं उद्घोषिका शोभा त्रिपाठी, गायक टंक तिमिल्सिना, गायिका श्रीदेवी चौधरी आउने भएका छन ।
वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन महोत्सवलाई विशेष बनाउन उद्देश्य रहेको भोली राष्ट्रिय ख्याती प्राप्त कलाकार गायिका एवं उद्घोषिका शोभा त्रिपाठी, गायक टंक तिमिल्सिना, गायिका श्रीदेवी चौधरी आउने भएका हुन ।
प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले दिएको जानकारी अनुसार दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन लुम्बिनी प्रदेश स्तरिय नृत्य प्रतियोगिता हुदैँछ । जस अन्तर्गत मेगा राउन्स आज सम्पन्न भएको छ ।
आज महोत्सवको दोस्रो दिन प्रतिकुल मौसमका कारण अत्यधिक दर्शक उपस्थित हुन नसकेपनि भोलि वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन दर्शकको भिड लाग्ने आयोजकले अपेक्षा गरेको छ ।
चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज चर्चित कलाकार गायक चन्द्र शर्मा र गायिका बिन्दु परियारले दर्शकहरुलाई आकर्षक मनोरञ्जन गराएका थिए । भने महोत्सवलाई उद्घघोषक अशोक रावल र उद्घोषक प्रेरणा गिरीले गरेका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गते सम्म नेपालगञ्जमा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन रह्नेछ ।
