Close sidebar

जानकी गाउँपालिका बाँकेकाे प्रेस सल्लाहकारमा पत्रकार साहिल नियुक्त

२०७९ असार ३१ गते, शुक्रबार २१:५७

मानपुर / जानकी गाउँपालिका बाँकेकाे प्रेस सल्लाहकारमा पत्रकार साहिल शेष (ताहिर) नियुक्त हुनुभएको छ । शुक्रबार सम्पन्न गाउँपालिकाकाे १२ औं गाउँसभामा साहिललाई पालिकाकाे प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएकाे हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँकाे अध्यक्षतामा भएकाे गाउँसभाकाे निर्णय सुनाउँदै वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले गाउँ कार्यपालिकाकाे बैठकले पालिकाकाे प्रेस सल्लाहकारमा शेषलाई नियुक्त गर्ने निर्णय गरेकाे जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाकाे कानूनी सल्लाहकारमा अधिवक्ता पवन गुप्तालाई नियुक्त गरिएकाे छ । गाउँसभामा राजनीति सल्लाहकार नियुक्त लगायतका निर्णय सुनाईएकाे थियाे । प्रेस सल्लाहकारमा नियुक्त हुनुभएका साहिल न्युज फ्ल्यास खबरका समाचार संयोजक समेत हुनुहुन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया