Close sidebar

आज जानकीका विद्यालयलाई ल्यापटप वितरण

२०७९ असार ३० गते, बिहीबार २२:२०

साहिल शेष ( ताहिर ) ✍️                                   मानपुर / बाँकेको जानकी गाउँपालिकामा शैक्षिक सुधारका लागि बिद्यालयलाई ल्यापटप प्रदान गरिएको छ ।

गाउँपालिका शिक्षा शाखाले बिहीबार एक कार्यक्रमकाबीच पालिकामा रहेकाे ३६ वटा बिद्यालयलाई गाउँपालिका अध्यक्ष छब्बन खाँले बिद्यालयका प्रतिनिधिलाई ल्यापटप प्रदान गर्नुभएकाे हाे ।

बितरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष खाँले ल्यापटपले बिद्यालयकाे शैक्षिणिक कार्य व्यवस्थापनमा सहयाेग पुर्याउनेमा आशा व्यक्त गर्नुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाका अनुसार आर्थिक वर्ष २०७८/२०७९ काे मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक आधारभूत, माध्यमिक बिद्यालय र मदरसालाई गुणस्तरीय खालकाे ल्यापटप बितरण गरिएको हाे ।

कार्यक्रममा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रतिभा ओली खड्का, जानकी शिक्षा समिति संयाेजक राम अचल धाेबी, वडा न-१ का वडा अध्यक्ष माे. रजा राई, जिल्ला समन्वय समिति बाँकेका सदस्य जुल्फिकार मनिहार, बिद्यालयका शिक्षक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया