Close sidebar

मेरो प्लानेटको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा जरगरको डुबेर मृत्यु

२०७९ असार २६ गते, आईतवार १८:५५

नेपालगन्ज / स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का १४ वर्षीय अलतमस जरगरको डुबेर मृत्यु भएको छ । नेपालन्जको बालेगाउँस्थित मेरो प्लानेट वाटरपार्कमा स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा जरगढको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाइएको हो ।

बाँके प्रहरीका अनुसार स्विमिङ्ग पुलमा पौडी खेल्नेक्रममा ती किशोरको डुबेर मृत्यु भएको छ तर उनीसंगैका अन्य साथी भागेका छन् । स्विमिङ्ग पुलमा ती किशोरको डुबेर मृत्यु भएको हो वा अन्य कुनै कारणले हो प्रहरीले अनुसन्धान अगाडी बढाएको बताइएको छ ।

फनपार्कले स्विमिङ्ग पुल बनाउने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा सुरक्षा जोखिम बढेको हो । फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् । पैसा कमाउन खोज्ने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा जोखिमसंगै दुर्घटना हुने गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया