साहिल शेष✍️
बाँके / नेपाल सरकार राष्ट्रिय भुमी आयोग काठमाण्डौको आयोजनामा भूमिहिन र अव्यवस्थित वसोबासीलाई जग्गा उपलब्ध गराउने तथा बिगतका आयोगका अधुरा काम सम्पादन एक दिने अभिमुखिकरण गोष्ठी शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय भुमी आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवको अध्यक्षतामा र भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख अतिथिमा अभिमुखिकरण गोष्ठि जानकीको पिप्रहवामा सम्पन्न भएको हो ।
संघीय सांसद पुर्णा सुवेदीको विशिष्ट अतिथिमा राष्ट्रिय भुमी आयोग बाँकेका अध्यक्ष श्रावन कुमार यादवले व्यानर वाचन गरेर अभिमुखिकरण गोष्ठीको उद्घाटन गरेका थिए ।
गोष्ठीलाई सम्बोधन गर्दै विशिष्ट अतिथि संघीय सांसद पुर्णा सुबेदीले एलानी जग्गा सुकुम्बासी र हकवालाले पाएमा सरकारको राजश्व वृद्धि हुने र कुनै जनता जग्गा बिहिन नहुने बताउनु भयो । उहाँले बिगतको भुमि आयोग जस्तो नभई हालको भुमी आयोग कानुनमा बाँधिएको र सरकार फेरिए पनि यसपालि भुमि आयोग निरन्तर रहने बताइन । उनले पालिका र वडाले सर्बदलिय बैठक बसेर भुमिहिन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा तथा जग्गाधनि पुर्जा उपलब्ध गराउने बताएकी हुन् ।
यसैगरी नेपाली काँग्रेस बाँकेका उप-सभापति गोपाल अधिकारीले निष्पक्ष रहेर सुकुम्बासी भुमिहिनको समस्या समाधान गर्नुपर्ने माँग गरे । निर्वाचनका बेला सबैलाई पुर्जा र जग्गा दिन्छौ भन्दै भोट् माग्ने र सरकार परिवर्तन भएपछि फेरि जिरोबाट सुरु गर्ने प्रक्रिया अन्त्य गरि स्थानीय तहलाई निरन्तरता दिनु पर्ने उहाँको भनाई थियो ।
अभिमुखिकरण गोष्ठिलाई समापन गर्दै भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले अव्यवस्थित बसोबासका नाममा सेमिनार र गोष्ठी मात्रै नभई आयोगले कानुन र कार्यबिधी बनाई अव्यवस्थित तथा भुमिहिन सुकुम्बासी समस्यालाई तत्काल समाधान गर्न वडा स्तर, पालिका स्तर र जिल्ला स्तरबाटै संभव हुने र सबैको सहयोगको अपेक्षा राख्दै राष्ट्रको आवश्यकको विषय रहेको बताउनुभयो ।
कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहका प्रमुख, उप प्रमुख, गाउँ नगरका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख र राष्ट्रिय जन मोर्चाका प्रतिनिधि लगायतको उपस्थिति रहेकोे थियो ।
गोष्ठीमा ६० जना भन्दा बढीको सहभागीता रहेको अनुसन्धान सहायक नरहरी चपाईंले जानकारी दिनुभयो ।
