Close sidebar

वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागलाई कारवाहीको लागि सिफारिस

२०७९ असार २१ गते, मंगलवार १७:३०

नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले बिगत लामो समय देखि लापरबाही गर्दै आएपछि कारवाहीको लागि सिफारिस गरिएको छ ।

डा. नागले अस्पतालमा आफ्नो ड्युटी समयमा पूरा नगरेको भन्दै अस्पताल विकास समितिले डा. नागलाई पटकपटक सुध्रन अनुरोध गर्दा समेत अटेर गरेको पाइएपछि २०७८ साउन २२ गते कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो ।

तर डा. नागलाई अहिलेसम्म कुनै पनि कारवाहीको प्रक्रिया अघि बढ्न नसकेपछि अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले मंगलबार जिल्ला प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्नो उत्तरदायित्व र कर्तव्यबाट विमुख भएका डा. नागले २०७९ असार २० गते सोमबार अस्पताल प्रशासनमा आएर आफ्नो मनोमानी ढंगले असार २९ गतेसम्मको अग्रिम हाजिरी गरेको भेटिएको पनि श्रेष्ठले बताउनुभयो ।

वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको छ । राज्यको सेवा सुविधा लिएर गैर जिम्मेवार काम गर्नु गलत भएको श्रेष्ठको भनाई छ । यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई सजग हुन पनि श्रेष्ठले चेतावनी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया