Close sidebar

पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्यमा वृद्धि

२०७९ असार २१ गते, मंगलवार ०२:२९

काठमाडौँ / नेपाल आयल निगमले पटकपटक गर्दै आएको इन्धनको मूल्यमा पुन: एक पटक फेरबदल गरेको छ । सोमबार आयल निगमले बिज्ञप्ति निकालेर पुन: एक पटक इन्धनको मूल्यमा वृद्धि गरेको छ । अब पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ मूल्य निर्धारण गरेको जनाइएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मुल्यसूची अनुसार निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको बिज्ञप्ति मार्फत जनाइएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको बिज्ञप्तिमा उल्लेख छ ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल / मट्टितेलमा प्रतिलिटर ९ /९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ ह्वात्तै बढाएको छ ।

भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमले जनाएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया