Close sidebar

कोशी व्यारेजमा खतराको रातो बत्ती बलियो

२०७९ असार १५ गते, बुधबार १७:३३

सुनसरी / अविरल बर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुपको रातो बत्ती बालिएको छ । लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको हो ।

बुधबार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ८५ हजार ९५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ वटा ढोका मध्ये अहिले २१ वटा ढोका मात्र खोलिएको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया