Close sidebar

जानकीमा कृषिले विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइयो

२०७९ असार १५ गते, बुधबार १४:२२

बाँके । बाँकेमा धान दिवस अर्थात असार १५ का अवसरमा बिभिन्न क्षेत्रमा कार्यक्रमहरु गरेर मनाइएको छ ।

यसै क्रममा बाँकेको जानकी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपार्इ महोत्सव मनाइएको छ ।

धान दिवसका अवसरमा बुधबार खेतमा रोपाइ गरेर दही च्यूरा खाएर १९ औं राष्ट्रिय धान दिवस तथा रोपार्इ गरेर जानकीमा महोत्सव मनाइएको हो ।

धान दिवस तथा रोपाइ महोत्सव २०७९ लाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गर्नुभएको थियो । जानकीको वडा नम्बर ४ छ्त्तरपुरस्थित धान रोपाई विशेष कार्यक्रम गरिएको हो ।

समयमै बर्षा नभएकाले रोपाइमा ढिलाइ भएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख मनोज मण्डलले बताउनुभयो । विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।महोत्सवमा जानकी गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, कृषि अधिकृत नवीन चलाउने, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार वर्मा, नायव प्राविधिक सहायक दीप बहादुर कार्की, नायव प्राविधिक सहायक तारा ग्वाली, वडा नम्बर ४ का वडा सदस्य राम सनेहि कहार, योजना शाखा अधिकृत शोभा पौडेल, कम्पुटर अपरेटर प्रतीक्षा बस्नेत, वडा सचीव शिवबहादुर थापाक्षेत्री, योजना शाखा सहायक राजेन्द्र प्रसाद बाजपेयी, नायव पशु सेवा प्राविधिक रामसुरत यादव, शिक्षा शाखा सहजकर्ता अयोध्या प्रसाद यादव, सामाजिक परिचालक सन्त सरुन सोनकर लगायत २ दर्जन बढिको उपस्थित रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया