Close sidebar

फोडिएको शहिद सेतु विकको शालिक मर्मत गरियो

२०७९ जेष्ठ २१ गते, शनिबार १५:३०

नेपालगन्ज /  जेठ १९ गते फोडिएको शहिद सेतु बिकको शालिक आज बिहान पुन: मर्मत  गरिएको छ । बाँकेको नेपालगन्ज न्यूरोडस्थित शहिद सेतु बिकको फोडिएको शालिक शनिबार बिहान करीब १० बजेतिर पुनः मर्मत  गरिएको हो ।नेपालगन्जस्थित वीरेन्द्र चोक धम्बोझीमा स्व. राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्ने क्रममा बिहीबार प्रहरी प्रशासनले जबर्जस्ती शालिक हटाई दिएपछि आक्रोशित केही युवाहरुले शहिद सेतु विकको शालिक तोडफोड गरेका थिए ।

राजतन्त्रपक्षधरले दरबार हत्या काण्ड भएको जेष्ठ १९ गतेको दिन स्व. राजा वीरेन्द्र वीर बिक्रम शाहको सम्झनामा पुन: शालिक स्थापना गर्न नपाएको झोकमा सहिद सेतु बिकको शालिक तोडफोड प्रयास गर्न पुगेका युवाहरूले शालिकमा क्षति पुर्‍याएका थिए ।शालिक पुनस्थापना गर्ने क्रममा बिहीबार भएको झडपपश्चात् जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय बैठकले स्व. राजा बिरेन्द्रको शालिक सर्वदलीय सहमतिमा राख्ने निर्णय गरेको थियो भने फोडिएको शहिद सेतु बिकको शालिक नेपालगन्ज उपमहानगरपालिकाले मर्मत गर्ने निर्णय भएको थियो ।                                                                                                                                                        तस्वीर : शहेजी खान

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया