Close sidebar

भेरी अस्पताल घटना : प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईको गम्भीर ध्यानाकर्षण, धारणा सार्वजनिक

२०८३ बैशाख १६ गते, बुधबार ०३:१३

भेरी अस्पताल नेपालगन्जमा सोमबार भएको घटना बारे, बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनधिसभा सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको गम्भीर ध्यानाकर्षण, फेसबुक पेज मार्फत धारणा सार्वजनिक ।

उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि उत्पन्न तनाबले भेरी अस्पतालबाट हुँदै आएको सेवा प्रवाहमा बाधा आइपरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । चिकित्सकीय लापरवाहीले विरामीको मृत्यु भएको भन्ने मृतकका आफन्तहरूको आरोपका सम्बन्धमा सत्यतथ्य छानविन गर्ने र लापरबाही देखिए कारबाही गर्ने राज्यका निकायहरू छँदैछन् ।

छानबिन नहुँदै उपचारमा संलग्न चिकित्सकलाई अपराधी करार गरी धम्क्याउनु कदापि बाञ्छनीय हुँदैन । आफ्नो मान्छे गुमाएको पीडा अवश्य हुन्छ । हामी पनि बुझ्दछौं, मृतकका आफन्तहरूमा पनि अहिले ठूलो पीडा छ । उहाँहरूको पीडामा मेरो गहिरो समवेदना छ ।

उपचारमा लापरवाही भएको भन्ने लागेमा कानुनी बाटोबाट उपचार खोज्ने अधिकार सुनिश्चित रहेको हुँदा त्यसतर्फ विचार गरी अस्पतालको सेवा प्रभावित नहोस् भन्नेतर्फ सचेत हुन मृतकका परिवार तथा आफन्तहरूसँग मेरो विनम्र अनुरोध छ ।

यसैगरी, पीडाको समयमा मृतकका परिवार तथा आफन्तहरूबाट व्यक्त भएको आक्रोशपूर्ण व्यवहार र यो घटनामा खेल्न खोज्नेहरूका गतिविधिलाई फरकरूपमा बुझ्न अनि सोहीअनुसार कदम चाल्न पनि म भेरी अस्पतालमा कार्यरत चिकित्सकहरू समक्ष हार्दिक आग्रह गर्दछु । र, आफूले ब्यहोरेको धम्की र असुरक्षाप्रति विल्कुलै प्रतिक्रियात्मक नदेखिई संवेदनशील भएर निकासको बाटो खोज्न पनि म अस्पतालका चिकित्सक तथा कर्मचारीहरूलाई सुझाव दिन्छु ।

साथै, अस्पतालमा देखिएको डर-त्रास अन्त्य गर्दै विरामीहरूले सहजतापूर्वक पूर्णरूपमा स्वास्थ्योपचार पाउने वातावरण बनाउन मृतकका परिवार, अस्पताल प्रशासन, प्रहरी-प्रशासनसहित सरोकारवाला सबै पक्षलाई अधिकतम सक्रिय र जिम्मेवार भईदिनुहुन पनि हार्दिक अपिल गर्दछु ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया