नेपालगन्ज । बाँके प्रहरीकाे लागू औषधविरुद्ध विशेष अप्रेशनमा तीन राउण्ड गोली प्रहार गरि ३ सय ७० ग्राम लागूऔषध (ब्रा’उन’सुग’र) सहित मानिस प’क्रा’उ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२२, शान्तिचोक नजिकै लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले तीन राउण्ड गोली प्रहार गरि ब्रा’उन’सुग’र) सहित ३ जना मानिस पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रतिरोधमा उत्रेपछि स्थिति नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टले विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।
घटनास्थलबाट प्रहरीले नेपालगञ्ज–२२ का २८ वर्षीय दिनेश बसखोरको साथबाट लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ करिब ३ सय ७० ग्राम बरामद गरेको छ । भने सोही स्थानका ३५ वर्षीय नुर मोहम्मद किंगरिया र २९ वर्षीय फिरोज साईलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले उनीहरूबाट भे ४ प ३१६८ नम्बरको होन्डा साइन मोटरसाइकल र विभिन्न कम्पनीका ३ थान मोबाइल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार पक्राउ परेकाहरूबाट थप अनुसन्धान भइरहेको छ ।



