Close sidebar

अब्यवस्थित बसपार्क नेपालगञ्ज उपमहानगरlपालिकाले हटाइयो

२०८३ बैशाख ७ गते, सोमबार १५:५७

नेपालगञ्ज । नगरमा सञ्चालित अब्यवस्थित बसपार्क नेपालगञ्ज उपमहानगरपालिकाले आज हटाएको छ । सोमबार नेपालगञ्ज उपमहानगरपालिका नगर प्रहरीको अगुवाईमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा अब्यवस्थित बसपार्क हटाइएको हो ।बर्दिया गुलरियाका लागि गाडी छुट्ने धम्बोझी खजुरा रोडस्थित बसपार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरुका लागि गाडी छुट्ने पुष्पलाल चोक वाटरपार्कस्थित बसपार्क नगर प्रहरीले हटाएको हो ।

नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले नेपालगञ्ज-४ मा अत्याधुनिक बसपार्क हुँदाहुँदै कतिपय ठाउँमा मनलाग्दी अब्यवस्ति बसपार्क राखेकोले पूर्व सूचना अनुसार नै बसपार्क हटाइएको बताए ।

यस अघि माइकिंग गरेर बसपार्क हटाउन सूचित गरिएको बोगटीले बताए । बसपार्कबाट गाडी छुट्ने एकद्वार प्रणाली लागू गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बोगटीको भनाई छ । ठाउँ ठाउँमा अब्यवस्थित बसपार्क हुँदा यात्रुहरुलाई दुःख, हैरानी दिने, तानातान गर्ने प्रबृत्ति छ ।

यस्तै नगर प्रहरीले नेपालगञ्ज १० गणेशमान चोकदेखि पश्चिमतर्फ भृकुटीनगरमा ब्यवसाय दर्ता नै नगरी फुटपाथ कब्जा गरेर बसेका व्यवसायीलाई पनि हटाएको छ । नेपाली र भारतीय समेत रहेका ब्यवसायीहरुलाई हटाइएको नगर प्रहरी सहायक निरीक्षक पवन कुमार पवनकुमार कनौजियाले जानकारी दिए । उनीहरुलाई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया