Close sidebar

बैजनाथमा कांग्रेसको प्रचारप्रसार सचिवालय उद्घाटन

२०८२ माघ १८ गते, आईतवार २३:५३

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १ र २ मा आइतबार नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नं ३ का प्रत्येक्ष उम्मेदवार अमरसिंह पुनसहित समानुपातिक उम्मेदवार दुखीलाल लोनियाको चुनावी प्रचारप्रसारमा समितिको औपचारिक रूपमा रिबन काटेर उद्घाटन गरिएको हो ।

आगामी फागुन २१ गते हुन् लागेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नं ३ का प्रत्येक्ष उम्मेदवार अमरसिंह पुनको चुनावी प्रचारप्रसारमा तिब्रता दिइएको छ ।

सचिवालय उद्घाटन कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो भने उम्मेदवारहरुले मतदातासंग भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ । यसअघि बाँकेको जानकी, खजुरा र बैजनाथ सम्झना बजारमा निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया