Close sidebar

आचारसंहिता उल्लङ्घन : निर्वाचन आयोगले पाँचजना उम्मेदवारलाई सोध्यो सातवटा स्पष्टीकरण

२०८२ माघ १४ गते, बुधबार ०१:०१

नेपालगञ्ज, माघ १३ मंगलबार । निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । आसन्न फागुन २१ गते हुन लागेको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उल्लेख गर्दै विभिन्न उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निकोलस भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले सातवटा स्पष्टीकरण माग गरेका हुन् ।

सोहि पार्टीका आर्को नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा ‘हत्यारा’ टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उनलाई स्पष्टीकरण माग गरेको छ । त्यस्तै, उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारमाथि ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक प्रवक्ता सीता पुनले बताईन ।

सोहीअनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेनलाई ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ ।

अर्को विषयमा एक शिक्षक सरुवाको विषयसमेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान गर्ने जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया