Close sidebar

भोलिदेखि जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु, तीनसय ३७ खेलाडी प्रतिस्पर्धामा

२०८२ पुष १५ गते, मंगलवार २०:५४

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पालिका स्तरीय अन्तर विद्यालय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता भोलि (बुधबार)देखि शुरु हुँदैछ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा पौष १६ गतेदखि १८ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।जानकी गाउँपालिका वडा नम्वर-३ स्थित नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा रिले र हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सर्टफुड, कुर्सी दौड र गणित दौडसमेत सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखाकि प्राविधिक सहायक झुमि कुमारी वलीले जानकारी दिनुभयो ।

यसैगरी प्रावि तहका ७० विद्यार्थी, आधारभूत तहका ४८ विद्यार्थी र मावि तहका २ सय १९ खेलाडी गरि ३ सय ३७ खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराइएको शिक्षा, युवा तथा खेलकुद शाखा एवम् सचिवालय संयोजक कृष्णा कुमारी भण्डारीले बताउनुभयो । उहाँले प्रतियोगितामा पालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३५ वटा विद्यालयले सहभागीता जनाएको सुनाउनुभयो ।

गाउँपालिका स्तरबाटै खेलकुदलाई प्राथमिकतामा राखेर ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करीब ८ लाख बजेट छुट्याइएको जनाइएको छ ।जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बल खाँको संयोजकत्वमा बसेको बैठकमा  प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, स्वकीय सचिव शोहराव अलि इद्रीसी, सामाजिक विकास संयोजक रामअचल धोबी, ३ नम्बरका वडाध्यक्ष राजकुमार कुर्मी, ५ नम्बरका वडाध्यक्ष टिकानाथ यादव, आइ. टि अधिकृत विकास जिसि, जिन्सी शाखा प्रमुख  राजु यादव, शिक्षक तथा कर्मचारीलगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया