Close sidebar

खण्डहर भवन बाहिर तीन मन्त्री खनाल, घिसिङ र अर्यालले लिए शपथ

२०८२ भाद्र ३० गते, सोमबार १३:१२

काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर पाल टाँगेर नवनियुक्त तीन मन्त्रीले आज शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाई भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुन न्याय तथा संसदीय मालिला मन्त्रीमा ओमप्रकाश अर्यालले शपथ लिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवासभित्रै भएको थियो ।

घिसिङलाई तीन, अर्याललाई दुई र खनाललाई एक मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ कार्यक्रममा सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरू पनि सहभागी भएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया