Close sidebar

जेनजी आन्दोलन: शहादत प्राप्त गरेका अहसाब आलमको अन्त्येष्टि

२०८२ भाद्र २८ गते, शनिबार १३:१७

वीरगञ्ज । जेन-जी आन्दोलनको क्रममा काठमाडौँमा शहादत प्राप्त गरेका वीरगञ्ज – १२ मुर्ली निवासी २२ वर्षीय अहसाब आलमको आज आफ्नै गाउँमा अन्त्येष्टि गरिएको छ । शनिबार विहान करीब १० बजेतिर मुर्ली पोखरी छेउको स्थानीय कब्रस्तानमा मुस्लिम परम्परा अनुसार आलमको अन्त्येष्टि गरिएको हो । मृतक आलमको पार्थिक शरीर (जनाजा)मा हजारौँ मानिसहरु उपस्थित भई नमाज–ए जनाजा पढी दुआ–ए मग्फिरत (प्रार्थना) गरेका थिए । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परिवार, नातेदार, साथीभाई र गाउँले लगायतले दु:ख र संवेदनाले भरिएको वातावरणमा अन्तिम विदाई दिएका थिए ।यस दुःखद घडीमा अल्लाह तआलाले शहीद अहसाब आलमलाई जन्नतुल फिरदौस अता गरुन् र शोकसन्तप्त परिवारलाई सब्र गर्ने ताकत अता गरुन् भन्ने शक्ति मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार अल्लाहसंग दुआ गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया