Close sidebar

नेपालगन्जमा धुमधामका साथ ‘मोहम्मद डे’ सम्पन्न

२०८२ भाद्र २० गते, शुक्रबार २०:०१

नेपालगन्ज । नेपालसहित विश्वभर इस्लाम इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद ﷺ को १५०० औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ का अवसरमा नेपालगन्ज लगायत बाँकेमा धुमधामका साथ सम्पन्न भएको छ । ‘मोहम्मद डे’ का अवसरमा शुक्रबार बिहान ठुलो संख्यामा मुस्लिम धर्मावलम्बीको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरिएको छ । सो अवसरमा नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, चिया, पानी लगायत अन्य खानेकुरा वितरण गरिएको हो ।नेपालगन्ज लगायत बाँकेका वरिपरि क्षेत्रबाट विभिन्न नाराहरु लिखित प्लेकार्ड तथा ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको ठुलो सङ्ख्यामा जुलुसमा सहभागिता थियो । जुलुसमा सयौं गाडी, अटो रिक्सा, ट्याक्टर र मोटरसाइकललाई पनि सहभागी गराइएको छ । शुभजन्मोत्सव जुलुशले नेपालगन्जका सबै मूख्य भागको परिक्रमा गरि करिब ६ घण्टाको हिँडाइपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन गरेको छ ।

मुस्लिम समुदायले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरेपनि नेपाल सरकारले समुदायलाई मात्रै विदा दिइएकोमा मुस्लिम अगुवाहरुले दुख व्यक्त गर्नुभएको छ । हजरत मोहम्मद मुस्तफा صلى الله وسلم को जन्मोत्सव अरेबिक पात्रो अनुसार हिजरी सम्वतको १२ रबिउल अव्वल साउदी अरबको मक्कामा भएको थियो ।यसैगरि बाँकेको नेपालगन्ज उपमहानगर पालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाले पनि मोहम्मद डे को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । स्थानीय सरकारले विदा घोषणा गरेकोमा बाँकेका चारवटै पालिकाका मुस्लिमहरुले आभार व्यक्त गरेका छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम रहेका छन् । नेपालमा बसोवासका आधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया