Close sidebar

जानकीका अध्यक्ष खाँलाई थप उपचारका लागि लखनउ रिफर

२०८२ भाद्र १० गते, मंगलवार १४:४५

मो. ताहिर शेष राई (साहिल)

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई आज लखनउ रिफर गरिएको छ । आइतबार राती भेरी अस्पतालको आइसियु भर्ना हुनुभएका खाँको स्वास्थ्यमा अझै समस्या बढ्नसक्ने संभावना देखेपछि लखनउ लगिएको हो ।खाँलाई आइतबार राती १२ बजे मुटुको धड्कन एक्कासी बढेपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखी आइसियु भर्ना गरिएको खाँको स्वास्थ्य समस्यामा कमि नदेखेपछि थप उपचारका लागि मंगलबार लखनउस्थित इन्दु अस्पतालमा लगिएको परिवारिक स्रोतले न्युज फ्ल्यास खबरलाई बताए ।

आइतबार एक्कासी मुटुको धडकन बढेपछि अस्पताल ल्याएपनि श्वास-प्रश्वासमा समस्या देखिएको मुटुरोग बिशेषज्ञ डा. बिपिन नेपालले जनाएका छन । अध्यक्ष खाँ केही वर्षदेखि मुटुरोग, प्रेसर, सुगरको उपचार लखनउबाट गराउदै आएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया