Close sidebar

मुटुको धड्कन बढेपछि जानकी गापा. अध्यक्ष खाँ अस्पताल भर्ना

२०८२ भाद्र १० गते, मंगलवार ०१:५२

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई अस्पताल भर्ना गरिएको छ । आइतबार अध्यक्ष खाँको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको हो ।अध्यक्ष खाँलाई मुटुको धड्कन एक्कासी बढेपछि करीब राती १२ बजे अस्पताल पुर्याइएको थियो । उहाँलाई एक्कासी मुटुको धडकन बढेपछि अस्पताल ल्याएपनि श्वास-प्रश्वासमा समस्या देखिएको चिकित्सकले बताए ।

अहिले खाँको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि मुटुरोग बिशेषज्ञ डा. बिपिन नेपालको प्रत्यक्ष निगरानीमा आइसियुमा राखेर उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले अध्यक्ष खाँ अब खतरामुक्त भएर बोल्न थाल्नु भएको बताउनुभयो । उनका अनुसार खाँलाई स्वास्थ्यमा क्रमिक सुधार देखिनुका साथै अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

चिकित्सकको सल्लाह अनुसार खाँको स्वास्थ्य सुधारोन्मुख रहेपनि केही दिन चिकित्सकको निगरानीमा आइसियुमा राखेर थप-उपचार भई रहेको परिवारिक स्रोतले जनाएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया