Close sidebar

जानकीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपाध्यायलाई

२०८२ श्रावण २३ गते, बिहीबार ००:३७

मो. ताहिर शेषराई ( साहिल)

मानपुर । बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका परशुराम उपाध्यायलाई आज स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँं, जनप्रतिनिधि र कर्मचारीले औपचारिक कार्यक्रमका बिच बुधबार उपाध्यायलाई ढाका-टोपी, खादा र टीका लगाएर स्वागत गरिएको हो ।प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विश्वकर्मा सेवा निवृत्त भइ विदाई भएपछि उनको ठाउँमा उनको ठाउँमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग बाणिज्य आपुर्ती तथा शंरक्षण विभाग बबरमहल काठ्माण्डौबाट सरुवा गरेर पठाइएका उपाध्यायलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा गाउँपालिकामा हाजिर भएका छन ।

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रशासकीय अधिकृतले आफनो १८ महिनाको कार्यकाललाई सफल कार्यकाल बनाई दिने विषयमा अहम् भूमिका निर्वाह गर्न बताए । उनले जनप्रतिनिधी, कर्मचारी र जुनसुकै राजनीतिक पार्टीका सेवाग्राही बीचको सम्बन्ध र सहकार्य गरेर काम गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

भर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रसाशकीय अधिकृत उपाध्यायले गाउँसभाले ल्याएका निती तथा कार्यक्रमहरु, बजेटले तय गरेका उद्देश्य र जनप्रतिनिधीले बनाएका आवधिक योजना तथा लुम्बिनी प्रदेशले लगेका नितीहरु ,संघीय सरकारले लिएका नितीहरुलाई स्थानिय स्तरसम्म कार्यान्वयन गर्ने आफनो महत्वपुर्ण भुमिका रहने  बताए ।

स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ३ नम्बरका वडाअध्यक्ष राजकुमार वर्मा, ४ नम्बरका वडाअध्यक्ष रमेशकुमार वर्मा, योजना शाखा प्रमुख शोभा पौडेल, कार्यपालिका सदस्य राजेन्द्र सिंह, कान्ति काँदु, जिन्सी शाखा प्रमुख राजु यादव, राजस्व शाखा प्रमुख दिपेन्द्र पाण्डे, न्यायीक शाखा प्रमुख जीतबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख मनोज मन्डलले गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया