Close sidebar

जानकीले प्रदान गर्ने सेवा र सुविधा बारे सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार हुँदै

२०८१ माघ २४ गते, बिहीबार २१:४६

मो. शादाब राई✍️
मानपुर । बाँकेको जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार हुने भएको हो ।

गाउँपालिकाले बिहिवार एक सूचना प्रकाशित गरी आर्थिक बर्ष २०८१/०८२ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम माघ २७ गते वडा नम्बर – ३, मापुरस्थित पालिका परिसरमा गरिने जनाएको छ ।

गाउँपालिका मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट सम्बन्धि विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आवश्यक तयारी पूरा भएको प्रकाशित सुचनामा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया