Close sidebar

ताजिया बिसर्जन गरि चहेल्लम पर्व सम्पन्न

२०८१ भाद्र १२ गते, बुधबार २१:०५

मो. ताहिर शेष राई’साहिल’
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको चहेल्लम पर्व आज ताजिया बिर्सजन गरि सम्पन्न गरिएको छ । हजरत इमाम हुसैन (रजि.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मोहरर्मको ४० औं दिनपश्चात् मनाइने चहेल्लम पर्व बुधबार नेपालगन्जको फुल्टेक्रास्थित स्थानीय कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न गरिएको हो ।

बुधबार दिउँसो करीब ४ बजेतिर निस्केको हुसैनी जुलुसमा कर्बलाको झ्याँकी, दुलदुल, अलम, ताजिया, बाजागाजा र लठ्ठीकला प्रदर्शनसँगै अग्नि कला प्रदर्शन सहितको जुलुस सदरलाईनदेखि शुरु भई त्रिभुवन चोक, त्रिवेणी मोड, गौसिया मस्जिद हुँदै कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन गरिएको नेपाल मोहर्मरम पर्व तथा कर्वला व्यवस्थापन समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालले बताए ।

गएराती (मंगलबार) नगरको केही स्थानमा ताजिया स्थापना गरि राती नै हुसैनी जुलुसमा कर्बलाको झ्याँकी, अलम, ताजिया र बाजागाजा सहित नगर परिक्रमा गरि नेपालगन्जस्थित त्रिभुवन चोकमा भेला भई हुसैनी जुलुसको मिलान गरि चहल्लम पर्व मनाइएको थियो ।

स्मरणीय रहोस् इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (स.अ.) का नाती हजरत इमाम हुसैन सहित उहाँका परिवारका सदस्य, आफन्त लगायत अन्य मित्रहरुले शताब्दिऔं अघि ईराकस्थित कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहेल्लम पर्व मनाइने गरिन्छ । चहेल्लम अवधिभर सुरक्षाकर्मीहरूले निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया