Close sidebar

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सन्चालन हुने: मन्त्री चौधरी

२०८१ भाद्र ५ गते, बुधबार १६:३९

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सन्चालन हुने बताउनुभएको छ । कर्णाली प्रदेशको खुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सन्चालन नहुने कुरामा आशंका गर्न नहुने उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले औपचारिक रुपमा समयमा प्रतियोगिता उद्घाटन हुन सकेन भने पनि त्यसका खेलहरु समयमै शुरु गरेर प्रतियोगिता सन्चालन गरिने स्पष्ट पार्नुभयो ।

सुर्खेतमा हुने प्रतियोगिताका खेलहरुका लागि निर्माणाधिन रंगशाला उत्कृष्ठ पुर्वाधारका रुपमा देखिने बताउँदै मन्त्री चौधरीले केही खेलहरु नेपालगञ्जमा गर्ने हो कि भन्नेसमेत छलफल भइरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरु नेपालगञ्जमा सन्चालन गर्ने कि भन्ने कुरामा आफुहरु छलफलमा रहेको बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया