Close sidebar

इस्लाम धर्मावलम्बीहरु आज ईद पर्व मनाउँदै, ईदको नमाज कहाँ कति बजे ?

२०८० चैत्र २९ गते, बिहीबार ०३:१९

मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल फित्र (ईद) आज हर्सोल्लासका साथ मनाईदैछ । बुधबार राति चन्द्रमा देखिएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशमा मुस्लिम समुदायहरु बिहिवार ईद पर्व मनाउँदै छन । यसअघि साउदी, कतर, दुबै लगायत अरब देशमा बुधबार ईद पर्व मनाएका थिए ।

मुस्लिम समुदायहरु आज बिहानै नुहाई धुवाई गरि पाकसाफ (साफसुग्घर) भई नयाँ कपडामा नजिकको ईदगाह, जामा मस्जिद वा मस्जिदमा उपस्थित भई ईदको सामूहिक नमाज पढ्ने गर्छन । नेपालगन्जको विपी चोकस्थित ईदगाहमा ईदको नमाज विहान ८ बजे हुनेछ भने जामा मस्जिदमा बिहान साढे ८ बजे र एक्लैनीस्थित फुलवारी मस्जिद (मर्कज)मा बिहान ८ बजे ईदको नमाज पढ्ने छ ।

आत्म संयम् र शुद्धिका लागि एक महिनासम्म गरिने रमदान उपवास सकिएको भोलिपल्ट इद-उल फित्र (ईद)को नमाजपछि ईद पर्वको शुभकामना अंकमाल गरि एकापसमा साटासाट गर्ने, इष्टमित्रलाई सेवइं, जर्दा, छोयला, दहिबडा तथा अन्य मिठो परिकार खानेकुरा खाने गर्ने गरिन्छ ।

पवित्र महिना रमदानमा दानको विशेष महत्व रहेको यो पर्वमा इर्दको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको टुटि वा रोजालाई शुद्धिकरणका लागि प्रत्येक व्यक्ति जनही एक किलो ६३३ ग्रामका दरले गँहु परिवारका सबै सदस्यले फितराको रुपमा व्यक्ति बरावरको रकम अनिवार्य दान दिनु पर्छ । भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकाल्नु पर्छ ।

उक्त फितरा, जकात, विपन्न, असहाय , दिनदुखी लगायत मदरसामा ईदको नमाज पढ्नु अघि नै दिनुपर्ने धार्मिक मान्यता रहेको छ । इस्लाम धर्मका ५ वटा अधार मूल स्तम्भहरु नमाज, रोजा, जकात, हज, तौहिद जसमध्ये रोजा तेस्रो स्थानमा पर्द्छ ।

यो पर्वको ७०औँ दिनमा बकरीद अर्थात इद-उल-अजहा पर्व मनाउने गर्छन । यस अवसरमा मुस्लिमहरु (हज)का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्छ्न । इर्द पर्वको अवसर नेपाल सरकारले आज (बिहिवार) सार्वजनिक बिदा समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया