Close sidebar

ड्युटीमा खटिएकी महिला प्रहरीको उनकै श्रीमान सहायक प्रहरी हवल्दारले गरे गोली हानी हत्या

२०८० फाल्गुन ४ गते, शुक्रबार ०१:३०

दाङ । ड्युटीमा खटिएकी महिला प्रहरीको उनकै श्रीमान सहायक प्रहरी हवल्दारले गोली हानी हत्या गरेका छन । दाङको घोराही उपमहानगरपालिका (दामोदर चोक)मा ड्युटीमा खटिएकी महिला प्रहरी जनाव धनमाया गुरुङमाथि सहायक प्रहरी हवल्दार यमबहादुर झाँक्रीले गोली हानी हत्या गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत श्रीमती प्रहरी जवान धनमाया गुरुङमाथि नेपालगञ्जमा कार्यरत उनका श्रीमान सहायक प्रहरी हवल्दार यमबहादुरले ३ राउण्ड गोली प्रहार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कुबेर कडायतले बताए । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

श्रीमतीलाई गोली हानी भागेका श्रीमान यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले पेस्तोल सहित नियन्त्रणमा लिएको हो । ‘घटना करीब ७:३० बजेतिरको हो’, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने, ‘श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करीब ८:३० बजेतिर प्रहरीले नियन्त्रणमा लियो ।’ घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यमबहादुर कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल तालिम केन्द्र नेपालगन्ज, बाँके)का (एसएसपी)का बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए । हत्यापछि उनी आफैं प्रहरी कहाँ पुगेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया